वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/madhav-kumar-nepal1_gqqLj4hEqk_enyoydlyilke05lw65fv0soje5blnyurxeiyvuklwlijyiug6n4oxfx0rggt_DkjVaAcLWW_8j5ihpijg4lhm54ekzktohxbmypycmecksr5g2c0nbbqfnkncgzif0ztuuly.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले मुलुकमा वामपन्थी धु्रवीकरणका लागि विभिन्न कम्युनिष्ट शक्तिहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताएका छन् ।
आजदेखि शुरु भएको पार्टीको ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशनमा अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्ट विचार भएकाहरूलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे ।
कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविकालगायत विषयलाई उचित ढङ्गले अघि बढाइने बताउँदै उनले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकताबद्ध भएर अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहेका शक्तिसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले आगामी दिनमा निराश नभई जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
उनले मुलुकमा सुशासन कायम गर्न, राष्ट्रिय समस्या समाधान गर्न, जनजीविकामा सुधारलगायत सकारात्मक परिवर्तन ल्याउन सबै एकजुट भई राज्यलाई दबाब दिनुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय भएर अघि बढ्न नसकेकाले नयाँ नीति र योजना अनुसार पुनः सक्रिय बनाउँदै जाने जानकारी दिए । उक्त जिल्ला अधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।
नेपाल पत्रकार महासंघ पर्सा र नेपाल बार एसोसिएसन पर्साले सामाजिक मुद्दामा केन्…
कुवामा डुबेर एक वृद्धाको मृत्यु
कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना
महाराष्ट्र रेल दुर्घटनामा परी मृत्यु हुने १३ जना मध्ये ७ जना नेपाली
चिया बेचेरै मासिक ५० हजार आम्दानी
![आजको मौसम : तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_ZT7UYnc9oB_ividb9ag0qflvmyckuygrwmibkinbd7suyaoxvqd8dib6itcgxrxvc8qzodj_oOAhzle4NZ_bdncnqx72ihmr4zepu9zcmfyrqf1l5n2mgjqagfmnum6mmwq0p2xoea5whxm_bY7ar428u5_z1oufdxpefgtlr8c20j48sz1iwvn9dy0mzbu4b6rotftwr52lgsh7vpjfo9k_mAOi46Zhbb_jvs0aovw4mpddxmt6qqp0ynzs0doopv6877ssershzxuiuneyghtlgoqbeju_2nAYO0XfGr_lzo1jbfqwhbsrwncryjtscac0xgjzup7cfoxiydqvhavjccv4wlknw4la4ti_7WiNpxGBZr_cstcq3w0mpkkzwrcovkc1cpikxx1igudt2swmgiwqwrep0we5z2vxscumvgy.jpg)
आजको मौसम : तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
![खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrested-criminal-hand-in-police-suspect-handcuff-concept-in-cartoon-illustration-isolated-in-white-background-vector_zTHuebaxo9_cwchovbysxkl7sot3zpkmd0sa5wobjk4vhlp6s8qwaexre6q4mqweiqv0gk7_4WomR7CHYI_wng5zomy6emckuuxvrp2o9ofyqvy5bcevfsqmvlfvbjkiqxenygvx0wnkygz_XCsnmJbOov_uayi0cjihipdacrmql83gn3uufxjtyirs6taqccfzbitrai6jqpsamoke0mg_vtA6tRkeUj_vwyf1fcdtttl4jmkxduv6qisice4unenqknw35k6nlhbar9iulv92xvdbnty_2jmI0S0cQs_yes8gfjcxhdr6ogt4ry6vxokppizylyza1fz55ckxkte285jmznxuccb0rai_lPejVPuD6R_nfdiioo0uoomawe15vjjrhrvzjgp5t8mnsdomfxhmqksemouedd2t6cx4kbu_k0TeYWTWPg_rnjdou3nazqkg7xlfssxkgsugtn1wym5p7bl90zlofa9ablbonixyreioypr_J2AkEatbkK_dg2al70ogu7sxz9pwldhcoi8lfo0p6jfuoc8psa9rbk8tvccz4caxbisj5vz_JXasI7nsyR_i6ioryng7qsjmnrvaw489rnyng6f3t7ashnxdnhcyni1gaka75nsmjp25l6y_Q1sVHEHD3z_1g1wv2ds4rkjpmzu8q580ymhsibmeoyun0nxlbafac7a6gqd8s6yv2rmsjbt_AcHxkb6YSt_tivvpfvgpxrhxmvcvwcevxzkkillmw75hm5ifagnsk0jl0cdgdq1sz9oqluf.jpg)
प्रतिक्रिया