पृथ्वी जयन्तीको अवसरमा चन्द्रागिरि पुगेर कविता वाचन
काठमाडौं । ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले विविध स्वरूप र शैलीमा स्मरण गरेका छन् ।
नेपालका वरिष्ठ कवि तथा सर्जकहरूले सिर्जनात्मक शैलीमा शाहको स्मरण गरे । नेपाल एकीकरणको इतिहासमा पृथ्वीनाराणसँगै जोडिएको ऐतिहासिक डाँडा चन्द्रागिरि पुगेर त्यहाँस्थित पृथ्वीनारायणको सालिकसामु रचना बाचन गरी कविहरूले श्रद्धाभाव प्रकट गरे ।
पृथ्वीनारायण शाह आफ्नो मावली घर नुवाकोट चन्द्रागिरी डाँडाको बाटो हुँदै जाने क्रममा हालको भालेश्वर मन्दिर वरपरबाट उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहितको काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने कामना गरेको इतिहासकारहरूको भनाइ छ ।
त्यसैले ऐतिहासिक चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक परिसरमा बर्सेनि पुस २७ गते शाहको स्मरणमा विविध कार्यक्रमहरु हुने गरेका छन् ।
प्रतिक्रिया