सर्वेन्द्र खनालले एमाले छाडे

काठमाडौं । एमाले नेता तथा नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले नेकपा एमाले छाडेको घोषणा गरेका हुन् । 

उनले आफू अब कुनै दल सँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमा समेत नरहेको घोषणा गरेका छन् । आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् ।

खनाल २०७९ साल असोज ५ गते एमालेमा प्रवेश गरेका थिए । च्यासल स्थित पार्टी कार्यालयमा आयोजिक एक समारोहका बीच उनलाई एमाले अध्यक्ष के.पी. शर्मा ओलीले खनाललाई खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए । 

उनी एमालेमा प्रवेश गरे पछि उनलाई संघीय संसदको २–२ पटक टिकट दिइएको थियो । काठमाडौं– ६ र तनहुँ बाट टिकट दिए पनि उनी दुवै स्थानमा पराजित भएका थिए ।

प्रतिक्रिया