हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगर भित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो ।
प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजना सहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेव स्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । “हाम्रो नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण किसानले गोरु पाल्न छाडि सकेका छन्”, उनले भने, “खेतबारी जोत्ने गोरु भएका कारण धेरै किसानले आफ्नो खेतबारी बाँझो छाडेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैत्री कृषि प्रणाली लागू गर्न विभिन्न १२ वटा कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको हो ।”
नगर प्रवक्ता गिरीका अनुसार वडा नं १ बाहुनीडाँडामा एक, वडा नं ४ बडहरेमा एक, वडा नं ५ दुर्छिममा एक, वडा नं ७ महादेवस्थानमा एक, वडा नं ८ धितुङमा एक, वडा नं ९ सल्लेमा एक तथा वडा नं ११ राजापानीमा छवटा हातेट्रयाक्टर वितरण गरिएको छ । गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका किसान लागत साझेदारीमै भए पनि ६० प्रतिशत अनुदान (४१ हजार ४ सय)मा ट्रयाक्टर पाएपछि हर्षित भएका छन् ।
कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम)मा अनुदान समेत उपलब्ध गराएको छ । धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने किसानलाई उनीहरूले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान दिने गरिएको हो ।
रासस
औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवनस्तर
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
_B9c0XM33ID_jdn0ww1zjz9xmodch87nd88dglqo6cfdxybjbqvldzots39uyqrdrvvmi6mv_hiasA5iaVK_ufo6ioufjysno7ccvfha3ad7114dicvtg2uubtgxz0llycumecnzkdafoitt.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

म्याग्दीमा झाडी फाडेर सुन्तला बगान

केराका बोट सुक्न थालेपछि किसान चिन्तित
_G9KCROLXu6_drydeu1ia46xr9n7q6rn6ukvzco4pptmjecdqtecinfagh901lqztjdkze3k_Uh8xYsrUIu_ezcbhg93na6quuqr0uzwcbxe7xbdfrgf4mmfja1rnab1knjiu6zp6r2z6cqs.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
_vPTwF5aHaj_lf4aes0mjve4q8ynzkiptw7snslvpxiwd5jfeqlkmzg7od9ki1nmngivlv1b_VUOwyifSEK_vpbbmvlwhnfvo3infejltqgvxafzbce6e5hx5rhzabni5qnwinwevqxvvgsl.jpg)
प्रतिक्रिया