बाइडेनको इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने तयारी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जाँदा जाँदै इजरायललाई  ८ अर्ब डलरको हतियार बेच्ने तयारी गरेका छन् । 

अमेरिकी विदेश विभागले इजरायललाई  हतियार बेच्ने योजना बारे कंग्रेस समेतलाई सूचना दिएको अमरिकी सञ्चार माध्यमले जनाएका छन । हतियारहरुको खेप पठाउनका लागि सदन अर्थात् सिनेट बाट अनुमोदन गरिनुपर्ने व्यवस्था छ । 

त्यसरी इजरायललाई बेच्न लागेका हतियारमा नयाँ प्रविधिको शिपमेन्टमा हवाई हमला गर्ने क्षेप्यास्त्र, हेलफायर क्षेप्यास्त्र र तोपखानाका गोला तथा अन्य युद्ध सामग्रीहरु छन् । अगष्टमा मात्रै अमेरिकाले इजरायललाई २० अर्ब डलरको लडाकु विमान र अन्य सैन्य उपकरण बेच्ने अनुमति दिएको थियो । 

अमेरिकी राष्ट्रपति बाइडेनले आफूहरु इजरायलको रक्षाका लागि आवश्यक सहयोग जारी राख्ने बताएका छन् । अमेरिका नै हाल सम्म इजरायलका लागि सबै भन्दा ठूलो हतियार आपूर्तिकर्ता हो ।

प्रतिक्रिया