देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै उपचार सेवा ठप्प
विरामीहरु उपचार नपाइ फर्किन बाध्य
चिकित्सक कुटिएको विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु हड्तालमा उत्रिदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका हुन् । उपचारका लागि अस्पताल पुगेका बिरामीहरु गेटबाटै फर्कन बाध्य भएका छन् । चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दा बिरामीहरुले ओपीडी सेवा नपाएका हुन् ।
बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै चिकित्सक संघको आह्वानमा अस्पताल बन्द गरिएको हो ।
दोषीहरूलाई फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन बमोजिम कानुनी कारबाही गर्न चिकित्सकहरुले माग गरेका छन् । कुटपिटमा सग्लनलाई मेलमिलापको बाहनामा उन्मुक्ति दिन खोजेको संघको आरोप छ । यसैबीच सरकारले गठन गरेको वार्ता टोली र चिकित्सकबीच स्वास्थ्य मन्त्रालयमा वार्ता जारी छ । वार्तामा चिकित्सकमा माग सम्बोधनका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया