सरोकारवालाद्धारा लाखे नाचको दुरुपयोग हुँदै गएको भन्दै चिन्ता व्यक्त
काठमाडौ । सरोकारवालाहरुले पछिल्लो समय लाखे नाचको दुरुपयोग हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौँको जैसीदेवलमा रहेको लाखेचोकमा आयोजित अन्तरक्रियामा सहभागी भएकाहरुले इन्द्रजात्रामा देखाइने ऐतिहासिक नाच लाखेलाई अहिले नेपाली संस्कृति चिनाउने भन्दै होटलहरुमा पनि प्रदर्शन गर्न थालिएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले लाखे नाच जताततै जुनसुकै बेला देखाउँदा ऐतिहासिक र सांस्कृतिक पर्व इन्द्रजात्राको महत्व गुम्दै जाने गएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । कार्यक्रममा सहभागीहरुले इन्द्रजात्रालाई सव्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सरकारसमक्ष माग समेत गरे ।
उनीहरुले इन्द्रजात्रा नेवार समुदायको मात्रै नभएर राष्ट्रिय पर्वकै रुपमा स्थापित भैसकेकाले सबै मिलेर संरक्षण गर्नुपर्ने बताए ।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया