मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न, पेट्रोल र मट्टितेल आयात शुरु

बागमती । भारतको मोतिहारी देखि बाराको अमलेखगञ्ज सम्म पाइपलाइन बाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण शुरुआत भएको छ । 
    
यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भए सँगै परीक्षण थालिएको हो । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइन बाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । 

“पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइन बाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ”, प्रमुख आचार्यले भने, “पाइपलाइन बाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।” यस सँगै पाइपलाइन बाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारी समेत भइरहेको उनले जानकारी द्रिए । 

उनले भने, “जनवरी २०२५ देखि पाइपलाइन बाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने छ ।” पाइलाइन विस्तार परियोजना अन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्ज स्थित डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५ं० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्र्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको प्रमुख आचार्यले बताए । 

सोही परियोजना अन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्ष समेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर, विभिन्न कारणले केही दिन अघि मात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए । 

यस्तै, पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्र्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्र्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ । 

परियोजना अन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गते देखि पाइपलाइन बाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइन बाटै पेट्रोल र मट्टितेलको समेत आयात हुने जनाएको छ ।  

“एउटै पाइपलाइन बाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्र्याङ्कर बाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो”, प्रमुख आचार्यले भने, “आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीन वटै पदार्थको नियमित आयात पाइपलाइन बाटै हुन्छ ।” 

मेतिहारी–अमलेखगञ्ज पाइपलाइन बाट पेट्रोलियम पदार्थ आयात हुदाँ प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा समेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ । 

यो आयोजना निर्माण सम्पन्न भए सँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । 
रासस 
 

प्रतिक्रिया

देवघाट गाउँपालिकामा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा

देवघाट गाउँपालिकामा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा

लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ : मन्त्री राणा

लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ : मन्त्री राणा

रविमाथि सम्पत्ति शुद्धीकरण चल्दा यो हतियार रोकिने छैन : राजेन्द्र लिङदेन

रविमाथि सम्पत्ति शुद्धीकरण चल्दा यो हतियार रोकिने छैन : राजेन्द्र लिङदेन

सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने

राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने

देशको अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रम ‘एभिन्यूज एजेण्डा’ मधेश प्रदेशमा सम्पन्न

देशको अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रम ‘एभिन्यूज एजेण्डा’ मधेश प्रदेशमा सम्पन्न

माओवादीलाई पहिलो दल बनाइदिनुस्, भ्रष्टाचारका सबै फाइल खोल्छौँ : अध्यक्ष दाहाल

माओवादीलाई पहिलो दल बनाइदिनुस्, भ्रष्टाचारका सबै फाइल खोल्छौँ : अध्यक्ष दाहाल

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली