भारत सँग सम्बन्ध सुधार गर्न तयार छौं : चीन

एजेन्सी । भारत सँग मिलेर अघि बढ्न तयार रहेको चीनले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले दुई मुलुक बीचको सम्बन्धमा सुधार ल्याउन दुई मुलुकका नेता बीच समान धारणा निर्माणका लागि भारत सँग सहकार्य गर्न तयार रहेको जनाएको छ । चीनले दुबै मुलुकले एक अर्काको हितको सम्मान गर्नुपर्ने उल्लेख गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुई मुलुक बीच सम्बन्ध सुधार गर्नका लागि वार्ता र कूटनीतिका माध्यम बाट आपसी विश्वास सुदृढ गर्नुपर्ने उल्लेख गरेको छ । केही महिना अघि रुसको कजानमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भए सँगै दुई मुलुक बीचको सम्बन्धमा केही सुधार आएको विश्लेषण गरिएको छ । 

सन् २०२० मा सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मी बीच झडप भए पछि सम्बन्ध खराब भएको थियो ।

प्रतिक्रिया