जनता समाजवादी पार्टी नेपाल केन्द्रीय प्रचार विभागको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (ज.स.पा.) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे शुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टीले विभागहरुलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशिल बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमाभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरेबमोजम गठित विभागहरुको बैठक चलिरहेको बस्नेतले बताए । 

ज.स.पा नेपालले पुस ८ देखि २४ गते सम्म गठन भएका विभागहरुको बैठक पालैपालो बस्ने गरी बोलाएको छ । गठन भए पछिको अधिकांश विभागको पहिलो पटकको बैठक भएको हुनाले बैठक बाट सम्बन्धित विभागले आवश्यक पदाधिकारी चयन गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया