तनहुँ जलविद्युत् आयोजना द्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ । 

प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण गरिरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । मुआब्जा निर्धारण समिति बाट निर्माण कार्यका कारण क्षति पुगेका ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ घरपरिवारका घर तथा संरचनाको क्षतिपूर्ति निर्धारण गरेपश्चात् ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण भइसकेको भण्डारीले बताए । 

भण्डारीका अनुसार क्षति भएका घरको अनुगमन पश्चात् अधिकतम ३ लाख र न्यूनतम १० हजार क्षतिपूर्ति तोकिएको छ । उनले भने, “जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको क्षतिपूर्ति रकम वितरण भइरहेको छ ।” संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयवासी बाट निवेदन आए पछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इन्जिनियर, आयोजनाका इन्जिनियर लगायत सदस्य थिए । 

आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना निर्माणको काम भइरहेको छ । यस प्याकेज अन्तर्गतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । हाल सम्म यो प्याकेजको प्रगति ३५ दशमलव ८ प्रतिशत रहेको भण्डारीको भनाइ छ । 

यो प्याकेज अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य शुरू गर्न पूर्वतयारीका कार्य भइरहेका छन् । भण्डारीका अनुसार बाँधको जग निर्माण स्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान कार्य सम्पन्न गरिएको छ । भण्डारीले भने, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिट र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङ लगायत काम जारी छ ।”

सेती नदीको दायाँ र बायाँ किनार तर्फ ग्राउटिङ ग्याली सुरूङ निर्माणका लागि खन्ने कार्य शुरू गरिएको छ भने सेती नदीको दायाँ किनार तर्फको इलिभेसन तह ३ सय ७५ मिटरमा ग्राउटिङ ग्यालरी सुरूङ निर्माणका लागि खन्ने र त्यसका आवश्यक सहयोगका लागि रकबोल्ट, सटक्रिट कार्यसहित यस अवधिमा दुई मिटर काम सम्पन्न गरिएको भण्डारीले बताए । 
रासस 

प्रतिक्रिया

देवघाट गाउँपालिकामा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा

देवघाट गाउँपालिकामा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा

लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ : मन्त्री राणा

लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ : मन्त्री राणा

रविमाथि सम्पत्ति शुद्धीकरण चल्दा यो हतियार रोकिने छैन : राजेन्द्र लिङदेन

रविमाथि सम्पत्ति शुद्धीकरण चल्दा यो हतियार रोकिने छैन : राजेन्द्र लिङदेन

सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने

राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने

देशको अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रम ‘एभिन्यूज एजेण्डा’ मधेश प्रदेशमा सम्पन्न

देशको अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रम ‘एभिन्यूज एजेण्डा’ मधेश प्रदेशमा सम्पन्न

माओवादीलाई पहिलो दल बनाइदिनुस्, भ्रष्टाचारका सबै फाइल खोल्छौँ : अध्यक्ष दाहाल

माओवादीलाई पहिलो दल बनाइदिनुस्, भ्रष्टाचारका सबै फाइल खोल्छौँ : अध्यक्ष दाहाल

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली