पश्चिम नेपालमा १३ दिनमा ७ वटा भूकम्पको पराकम्प

काठमाडौं ।  पुष महिना लागे पछि मात्रै पश्चिम नेपालमा ७ वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागे पछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । 

सोही क्रममा  शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३, पुस ३ गते बझाङको धामेना मै ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गयो ।

पुस छ गते बाजुरामा ५ दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस ९ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्प पछि मात्रै पश्चिम नेपालमा ५ परकम्प गएको सम्वद्ध जानकारको भनाइ छ ।
रासस 

प्रतिक्रिया