देशको अर्थतन्त्र सुधार बारे एभिन्यूजको एजेण्डा बहस कर्णाली प्रदेशमा शुरु

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले देशको बर्तमान अर्थतन्त्रको अवस्था बारे सातै प्रदेशमा शुरु गरेको बहस र अन्तरक्रिया कार्यक्रम कर्णाली प्रदेशमा शुरु भएको छ । 

पौष ५ गते सुदूर पश्चिम प्रदेशको धनगढी बाट शुरु भएको कार्यक्रम आज भने कर्णाली प्रदेशमा भएको हो । आज कर्णाली प्रदेशको कार्यक्रम भने बाँकेको नेपालगञ्ज स्थित होटल स्टारलाइटमा शुरु भएको छ । प्राविधिक कारण कर्णाली प्रदेशको कार्यक्रम  भने लुम्बिनी  प्रदेशको बाँकेको नेपालगञ्जमा भएको हो 

“अर्थतन्त्र  तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाएको हो । एभिन्यूजले  नेपाली अर्थतन्त्रमा परेको दबाव,प्रभाव र त्यसको समाधान बारे सरकारी,सार्वजनिक र नीजि क्षेत्र बीच बृहत रुपमा अन्तरक्रिया शुरु गरेको हो ।

नेपालगञ्जमा हुने कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिव विक्रम शाह, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपाल, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल यद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही लगायत बिभिवन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको छ । अन्तरक्रियामा सहजकर्ताको रुपमा एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकार रहेका छन् । 

सो अन्तरक्रिया कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहने एभिन्यूजले जनाएको छ ।

सुदूरपशिचम र कर्णाली पछि  लुम्बिनी प्रदेशको भैरहवामा पौष ९ गते, बागमती प्रदेशको चितवनमा पौष ११ गते, मधेश प्रदेशको बीरगंजमा  पौष १३ गते, कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते  कार्यक्रम हुनेछ । 

कार्यक्रम एभिन्यूज खबर टेलिभिजन, एभिन्यूज खबरको यूट्युव र फेसबुक पेजमा प्रत्यक्ष रुपमा प्रसारण हुनेछ । 

प्रतिक्रिया