बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै

बौद्धमार्गी नेवार समुदायले साउन शुक्ल प्रतिप्रदादेखि मनाउदै आएको गुउँला पर्व अन्र्तगत आज पञ्चदान पर्व मनाउँदैछन । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । मानव जिवनका लागि आवश्यक पञ्चतत्व दान गरि यो पर्व मनाउने चलन छ । नेवार समुदायले आज चामल, गहुँ, नुन केराउ, खीर, फलफुल आदि दान गरी पञ्चदान गर्ने प्रचलन छ । यो पर्बमा काष्ठमण्डप, अशन, ईन्द्रचोक लगायत अन्य जिल्लाका नेवार समुदायले पनि पञ्चदान गर्दछन । पञ्चदानका दिन विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र परम्परागत विहारका भिक्षु शाक्य वज्राचार्यहरुलाई सम्मानका साथ स्वागत सत्कार गरी बिभिन्न द्रब्य दान गरिन्छ । यसका साथै विहार, वही तथा बिभिन्न सम्पदाहरुको संरक्षण गर्न पनि समुदायका सदस्यहरुले श्रमदान गर्ने र भौतिक बस्तुहरु दान गर्ने परम्परा रहेको छ । धर्मग्रन्थ अनुसार अन्न र फलफूल आदि पाँच प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भन्ने गरिन्छ । यसदिन काठमाडौंको स्वयम्भू महाचैत्यमा दान दिने र लिनेको ठुलो भीड लाग्ने गर्दछ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।। 
 

प्रतिक्रिया