जर्मनीका लागि नेपाली राजदूत डा. रुपाखेती द्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायर समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 
 
राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको जर्मनीको बर्लिन स्थित नेपाली राजदूतावासले जनाएको छ । 

प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपति सँग भएको छोटो भेटघाट र कुराकानीका क्रममा राजदूत डा. रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकता बारे जानकारी गराएका थिए । 

त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको  जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देश बीचको वर्तमान सम्बन्ध बारे चर्चा गरेका थिए । 

सो समारोहमा जर्मनीका उच्च पदस्थ अधिकारीहरू र नेपाली राजदूतावास बर्लिनका अधिकारीको पनि उपस्थिति रहेको थियो ।
रासस 

प्रतिक्रिया