डेंगु नियन्त्रणका लागि तीनै तहका सरकारको पहल निष्प्रभाव

समयमै सचेत नभए भयावह स्थिती आउने विज्ञहरुको चेतावनी

तीनै तहका सरकारले नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन नगर्दा डेंगु संक्रमण नियन्त्रणमा आएको छैन । देशका अधिकांश जिल्लामा देखिएको संक्रमणको जोखिम अझै दुई महिना रहने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाइ छ ।
पछिल्लो केही दिनयता नेपालमा डेंगु संक्रमितको संख्या पुन बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरी ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । ति जिल्लामा हालसम्म २५ हजारको हाराहारीमा संकमित भेटिएको तथ्याङक छ । महाशाखाको तथ्याङक अनुसार सुनसरी, मोरङ, धादिङ, झापा र काठमाडौं डेंगुले बढि प्रभावित छन छन । सबै भन्दा बढि प्रभावित सुनसरी जिल्लामा हालसम्म १४ हजारको हराहारीमा संकमित भेटिएको महाशाखाले जनाएको छ । 
सरसफाइमा ध्यान नपुगेको कारण पनि रोग फैलिदै गएको छ । वर्षातमा विभिन्न स्थानमा पानी जम्ने कारणले पनि लामखुट्टेको लार्भा बढ्न थालेर संकमण वृद्धि भएको हो ।  संकमण नियन्त्रण र न्युनिकरणका लागि महाशाखाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको दाबी गरेपनि संकमितको संख्या घटेको छैन । समयमै संकमण नियन्त्रणमा ध्यान नदिए झन भयावह स्थिती बन्ने विज्ञको बुझाई छ । 
महाशाखाको तथ्याङक अनुसार कोशी प्रदेशमा सबै भन्दा बढि संकमित भेटिएका छन् । हालसम्म कोशी प्रदेशमा १८ हजार ५ सयको हराहारीमा संक्रमण पुष्टि भएको छ ।  त्यस्तै बाग्मति प्रदेशमा ३५ सयको हराहारीमा संकमित भेटिएका छन् । डेंगुको कारण हालसम्म १४ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । 
 

प्रतिक्रिया