बुद्ध धर्मले नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुद्ध धर्मले नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन । 

आज काठमाडौंमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गरेका हुन ।

प्रधानमन्त्री ओलीले यस्ता सम्मेलनले नेपाल र चीनबीचका मात्रै नभइ अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुरबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने बताए । 

प्रधानमन्त्री ओलीले एशियाका ज्योतीको रुपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । 

नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको बताउदै उनले बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता र्औल्याए । गौतम बुद्धको शिक्षाले जीवनलाई सार्थक र उज्यालो बनाउने भन्दै प्रधानमन्त्री ओलीले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया