परोपकार प्रसुती अस्पातलमा अनलाइन टिकटको व्यवस्था शुरु

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ । अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरिएको अस्पतालले जनाएको हो । अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । गरिबीको रेखामुनी रहेकाहरुका लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४ सय ५० शैय्या निःशुल्क गरिएको अस्पतालले जनाएको छ । 
मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धि केन्द्रिय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या ४१४ भएपनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरेको छ । स्त्रीरोग अस्पालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा कुल ३४ हजार १ सय ८५ जना महिला बिरामी भर्ना भएकामा प्रसुतीतर्फ २६ हजार ९ सय ४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ ले सेवा लिएका छन । बहिरंग सेवा १ लाख ८० हजार ८ ९० जना महिलाले लिएका छन । गत आर्थिक वर्षमा १ हजार ७ सय ७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएका छन । स्त्रीरोग अस्पातल वि.स.२०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन ४० शैय्या शुरुवात भएको थियो ।

प्रतिक्रिया