जापानको सहयोगमा हुम्लामा बन्यो बालगृह
काठमाडौं । जापान सरकारको सहयोगमा बालगृह निर्माण सम्पन्न भएको छ ।
जापान सरकारले अनुदान दिएको एक करोड ३५ लाखको लागतमा हुम्लाको सरदमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको हो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ ।
बुधबार आयोजित कार्यक्रममा जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरेका हुन् ।
नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने जापानी राजदूतावासले प्रेस विज्ञप्ति मार्फत बताएका छन् ।
प्रतिक्रिया