प्रधान सेनापति सिग्देललाई भारतीय महारथीको दर्जा प्राप्त
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन ।
कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति थियो ।
यसअघि नेपालका भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । साढे सात दशक पुरानो परम्परालाई निरन्तरता दिँदै दुबै देशले सेनाको महारथी दर्ज्यानी चिन्ह, खड्ग र प्रमाणपत्र प्रदान गर्दै आएका छन ।
महारथीको दर्जा लिन सेनापति सिग्देल मंगलबार भारत प्रस्थान गरेका थिए । भारत स्वतन्त्र हुँदाको समयमा सन् १९४७ को नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिअनुसार भारतीय सेनामा नेपाली नागरिककै हैसियतमा भर्ती हुन पाउने व्यवस्था समेत छ ।
प्रतिक्रिया