धरौटी बुझाए लगत्तै फेरि पक्राउ परे दुर्गा प्रसाईं
काठमाडौं । धरौटी बुझाए लगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीविरुद्ध फर्जी कागजात बनाएको आरोपमा मंसिर ४ गते भक्तपुर निवासबाट पक्राउ पष्रेको उनी बिहिबार विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ परेका हुन् ।
उनीमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेकाले फेरि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न बिहिबार आदेश दिएका थिए ।
तर धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् । प्रसाईंमाथि भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउन बिभिन्न मानिसलाई प्रयोग गरेको अर्काे आरोप छ ।
प्रतिक्रिया