सार्वजनिक विदाको संख्या घटाउन सांसदहरूको सुझाव

काठमाडौं । सांसदहरूले सार्वजनिक विदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका छन् । 

आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रुपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् । 

सङ्रुघीय निजामती सेवाको गठन,सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका क्रममा उनले हरेक कुरामा बिदा दिने प्रचलनले समयमा नै काम नहुने र जनतालाई समेत समस्या पर्ने गरेको सांसदहरुले बताएका हुन ।

सांसदहरुले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न समेत सुझाव दिएका छन । विधेयकमा राजनीतिक हस्तक्षेप हुने र समयमा नै पास हुन नसक्ने आशंका उत्पन्न भएको उनीहरुको भनाइ छ ।

खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव सांसदहरुको छ ।

सभापति रामहरि खतिवडाले बैठकमा सङ्रुघीय निजामती सेवाको गठन, सञ्रुचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अन्य संशोधनकर्तासंग छलफल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया