सत्य बोल्दा आफूलाई सरकारले फसाउन खोजेको सांसद सिंहको दाबी

काठमाडौं ।स्वतन्त्र  सांसद डा. अमरेश कुमार सिंहले आफूलाई सरकारले फसाउन खोजेको आरोप लगाएका छन् । 

आफूले सत्य बोल्दा सत्ता पक्षबाट पुर्जी काट्ने काम भएको, बिभिन्न बहानामा फसाउन खोजेको र ज्यानमाथि खतरा भएको उनले दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबं पूर्व गृहमन्त्री रबि लामिछानेमाथि सरकारले ज्यादती गरेको दाबी पनि सांसद सिंहको छ ।बिहिबार एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम विषेश सम्वादमा प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा सांसद सिंहले देश बंगलादेशको जस्तै बिद्रोहको बिकल्प नभएको पनि बताए ।

सांसद सिंहले आफू संघीयताको पक्षमा रहेको तर अहिलेको जस्तो नेता र कार्यकर्ता ब्यवस्थापन मात्रै गर्ने संघीयताको औचित्य नभएको टिप्पणी गरे । सांसद सिंहसँगको कुराकानीको बिस्तृत बिवरण आज बिहिबार राती ९ बजे एभिन्यूजमा हेर्न सक्नुहुनेछ । 
 

प्रतिक्रिया