बनेपाका २३ हजार भन्दा बढी विद्यार्थीको निशुल्क आँखा परीक्षण सुरु

काभ्रेको बनेपाका ६९ सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत २३ हजार भन्दा बढी विद्यार्थीको निशुल्क आँखा परीक्षण सुरु गरेको छ । बनेपा नगरपालिका र एईको मासुनागा आँखा अस्पतालको समन्वयमा नगरका सबै विद्यार्थीको स्वास्थ्य परीक्षण थालिएको हो । विद्यार्थीहरुले अध्ययन गर्न नसक्नुमा आँखाको दृष्टि मुख्य समस्या देखिएकोले आँखा परीक्षण गर्न लागिएको नगरपालिकाले जनाएको छ । 
बालबालिकाहरुको बाँकी जीवन र स्वास्थ्य तथा कृयाकलापमा सहयोग पुग्ने देखेर परीक्षणमा सहयोग गरिएको आँखा अस्पतालले जनाएको छ ।  
नगरपालिकाले आँखा परिक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधी निशुल्क उपलब्ध गराएको छ । आँखामा अन्य समस्या देखिएमा अस्पतालसम्म पु¥याएर निशुल्क सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । बनेपा नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा २३ हजार ३ सय ८२ विद्यार्थी अध्ययनरत छन । 

प्रतिक्रिया