इजरायलले गर्‍यो सिरियाली नौसैनिक जहाज माथि आक्रमण

एजेन्सी । इजरायलले सिरियाको नौसैनिक जहाज माथि आक्रमण गरेको छ । मंगलबार राति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाज माथि आक्रमण भएको हो । 

सिरियाली सैन्य तागतलाई कमजोर बनाउन आक्रमण गरिएको सेनाले जनाएको छ । इजरायलले एक विज्ञप्ती जारी गर्दै सिरियाको लाटकिया र अर बायदा बन्दरगाहमा आक्रमण गरेको पुष्टी गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विष्फोटका कारण केही जहाज र बन्दरगाहका केही भागहरूमा व्यापक क्षति पुगेको छ । सिरियाले कब्जा गरेको गोलान हाइट्स बीचको बफर जोनमा स्थल सेनाहरु सर्दै गर्दा इजरायली सेनाले आक्रमण गरेको हो । 

इजरायलले भने आफ्नो देशमा हुने खतरालाई जोगाउन सिरियाको सम्पुर्ण सैनिक संयन्त्रहरु नष्ट गर्ने जनाएको छ । उता सिरियामा इस्लामिक विद्रोहीहरुले अन्तरिम प्रधानमन्त्री नियुक्त गरे सँगै मध्यपूर्वका अन्य देशहरुले यजरायल बारे गम्भीर टिप्पणी गरेका छन् । उनीहरुले इजरायल बशर अल असद शासन पतनको फाइदा उठाइरहेको भन्दै निन्दा गरेका  हुन् । 

यसरी निन्दा गर्नेमा टर्की, इजिप्ट, कतार, साउदी सहितका देशहरु सामेल छन् । 

प्रतिक्रिया