बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको आन्दोलनले परीक्षा र पठनपाठन प्रभावित

सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक कल्याण समाजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षा शाखामा तालाबन्दी गरेपछि परीक्षा र पठनपाठन पनि प्रभावित भएको छ । आन्दोलनको पाँच दिन बितिसक्दा पनि प्रतिष्ठानका पदाधिकारी, व्यवस्थापन, कार्यकारिणी समितिले माग सम्बोधन नगरेपछि थप दबाबका लागि तालाबन्दी गर्नुपरेको आन्दोलनरत  पक्षको भनाइ छ । आन्दोलनका कारण पूर्वनिर्धारित शैक्षिक क्यालेन्डर अनुसार आइतबार एमबीबीएस र बीएसी बीएमएलटीको परीक्षा स्थगित भएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सक शिक्षकहरूको सात बर्षदेखि बढुवा भएको छैन । रोकिएको बढुवा प्रक्रिया सुरु नगर्दा प्रतिष्ठानबाट कतिपय चिकित्सक शिक्षकहरू राजीनामा दिएर अन्यत्र पलायन भएको समाजले जनाएको छरु। बढुवाको विज्ञापन खुले पनि अन्तर्वार्ताको मिति हालसम्म नतोकिएकाले तत्काल प्रक्रिया थालिनुपर्ने समाजको माग छरु। १५ वर्षदेखि बीपी प्रतिष्ठानमा कार्यरत १२ सयभन्दा बढीको बढुवा नभएको भन्दै कर्मचारी पनि आन्दोलनको तयारीमा छन रु।। 
 

प्रतिक्रिया