पछिल्लो पाँच दिनमा देशभर हजारजना डेंगु संक्रमित थपिए

पछिल्लो पाँच दिनमा देशभरमा एक हजारजना डेंगु संक्रमित थपिएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार पछिल्लो पाँच दिनको संक्रमण ह्वात्तै बढेको हो । अहिलेसम्म देशभर २२ हजार ६ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगुकै कारण मृत्यु हुनेको संख्या पनि १४ जना पुगेको छ । यो हप्ता थप एकजना डेंगु संक्रमितको मृत्य भएको छ । झापा, सुनसरी, मोरङ र धादिङमा संक्रमितको संख्या एक हजारभन्दा बढी छ । सुनसरीमा १२ हजार ४ सय ३१, मोरङमा २ हजार २ सय ४९ , झापामा १ हजार ३ सय ४७  र धादिङमा पनि २ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।  डेंगु संक्रमण असारदेखि बढ्दै गई भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिएको छ । 

प्रतिक्रिया