बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढुवा रोकेको भन्दै कर्मचारी र चिकित्सक आन्दोलित

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बढुवा रोकेको भन्दै आन्दोलन सुरु भएको छ । बढुवा तथा सेवा स्ुविधाको विषयमा कर्मचारी कल्याण समाज र इन्टर्न चिकित्सकले गरेको आन्दोलनमा चिकित्सक र शिक्षकहरुले पनि साथ दिएका हुन । शिक्षक कल्याण समाजले आईतबारवाट हुने परीक्षालाई अवरुद्ध पार्दै आन्दोलन थालेको हो । 
छ बर्षदेखि रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने माग राख्दै कर्मचारी र शिक्षकले परीक्षा शाखामा तालाबन्दी समेत गरेका छन । तालाबन्दीका कारण विएस्सी एमआइसी प्रथम बर्षको आइतबार हुनुपर्ने परीक्षा समेत रोकिएको छ । स्वायत्त संस्था बीपीले आफै बढुवा प्रक्रिया अघि बढाउन सक्ने कानुनी व्यवस्था भएपनि सो अनुसार काम नगरेर असन्तुष्ट कर्मचारी शिक्षक, र चिकित्सकहरुको भनाइ छ । बढुवा प्रक्रिया अघि नबढेसम्म आन्दोलन नरोक्ने चेतावनी उनीहरुको छ । 
 

प्रतिक्रिया