रवि लामिछानेलाई पर्सा लगिदै
काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पर्सा जैजान पोखरा विमानस्थलमा पुरयाइएको छ ।
सहकारीको रकम अपचलनको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन पोखरा लगिएको थियो । लामिछानेलाई बुटवल, चितवन र काठमाडौंमा बयान गराई गत बिहिबार फेरी पोखरा लगिएको थियो ।
उनलाई आज भने बयानका लागि पर्सा पनि लैजान लागिएको हो ।सहकारीको बचत रकम अपचलन गरेर गोरखा मिडियामा लगानी गरेको आरोपमा गत कात्तिक २ गते लामिछानेलाइ पक्राउ गरिएको हो पोखरा,काठमाडौं,रुपन्देही,चितवन र पर्साका सहकारीबाट रकम अपचलन गरेको आरोप लामिछाने माथि छ । गत हप्ता पर्सा प्रहरीले लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतिक्रिया