दक्षिण कोरियाका मानिसहरू किन कपाल खौरिँन थाले ?
एजेन्सी । दक्षिण कोरियाका मानिसहरु अहिले कपाल खौरिन थालेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले सैन्य कानुन लगाएर (मार्शल ल) शासन चलाउने प्रयास गरेपछि त्यहाँ उनको चर्को विरोध भएको छ। ीबरोध स्वरुप त्यहाँका मानिसहरुले कपाल खौरिएका हुन् । मार्शल ल को घोषणा गरेको केही घण्टामै राष्ट्रपति येओलले चर्काे बिरोधपछि आफ्नो निर्णय फिर्ता लिए । तर उनलाई महाभियोग लगाएर पदमुक्त गर्नुपर्ने आवाज उठेको छ। त्यसका लागि महाअभियोग पस्ताव पनि पेश गरिएको छ ।राष्ट्रपति येओलको विरोध गर्न राष्ट्रपति भवनअगाडि भूतपूर्व सैनिकहरूले प्रदर्शन गरेका छन्। त्यस क्रममा उनीहरूले आफ्नो कपाल पनि खौरिएका हुन्
कपाल खौरिनु र विरोधमा कस्तो सम्बन्ध छ ?
कोरियाली समाजमा कपाल खौरिनु भनेको परम्पराविरुद्ध विद्रोह गर्नु हो। कुनै कुराबारे आफ्नो अनुभूति कस्तो छ भन्ने देखाउनका लागि त्यसो गरिन्छ।
गत मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति येओलले देशमा मार्शल लको घोषणा गरेका थिए। राष्ट्रविरोधी तत्वलाई हटाउन यो कदम चालिएको उनले बताएका थिए । तर,सर्बत्र बिरोध पछि बुधबार बिहान उनले मार्शल ल लगाउने आदेश फिर्ता लिएका थिए । यसपछि झन् त्यहाँ तनाव बढेको छ ।
प्रतिक्रिया