हमासको आक्रमणमा बेपत्ता रहेका विपिन जोशी जीवित रहकोे इजरायली राजदूतको भनाइ

काठमाडौं । अघिल्लो वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमण पछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ । 

नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् । काठमाडांैमा पत्रकारहरु सँग भएको भेटमा उले विपिन छिट्टै काठमाडौं फर्किने विश्वास व्यक्त गरे । 

विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताएका छन् । विपिन सहित ९६ जना अझै हमासको नियन्त्रणमा रहेका र उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताएका छन् ।  हमासले विपिन सहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय पाँच जनालाई रिहा गरेको थियो भने आठ जनालाई इजरायली सेनाले उद्धार गरेको थियो । 

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनु अघि इजरायल र हमास बीच युद्धविराम सम्झौता गर्ने प्रयास भइरहेको छ । युद्धविरामको लागि कतारले मध्यस्थताको प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया