नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले गरे विवाह
एजेन्सी । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले विवाह गरेका छन् ।
बुधबार उनीहरुले हैदरावादको अन्नपूर्ण स्टुडियोमा परिवारको उपस्थितिमा विवाह गरेका हुन् । ।चैतन्यका बुबा तथा दक्षिण भारतीय सुपरस्टार नागार्जुनले आफ्नो छोरा र बुहारीको विवाहको पहिलो तस्बिर साझा गर्दै बधाई दिएका थिए ।
नागा चैतन्य र शोभिता धुलिपालाको विवाहको लुक्स हेर्न लायकको थियो । अभिनेत्रीले सुनौलो रंगको कञ्जीवरम साडी लगाएकी थिइन । यसबाहेक उनी टाउकोदेखि खुट्टासम्म सुनका गहनाले भरिएकी थिइन् । दुलही शोभिता धुलिपालाको पारम्परिक लुकलाई दुलहा नागा चैतन्यले राम्रोसँग पूरक गरेका थिए। चैतन्यले सेतो कुर्ता लगाएका थिए
चैतन्य र शोभिताको विवाहबाट परिवार निकै खुसी छन् । जोडीको विवाहको तस्बिर सेयर गर्दै नागार्जुनले छोरा चैतन्यलाई बधाई दिए र बुहारी शोभिताको परिवारलाई बधाई दिए ।
सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए । तर यो बिवाह लामो समय टिकेन । उनीहरु दुवैले ६ अक्टोबर २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेका थिए ।तर त्यसअघि नै उनीहरु छुट्टिए । नागा चैतन्यको धुलिपलासँग यो दोस्रो बिवाह हो ।
प्रतिक्रिया