आठ वर्षीया छोरीको छुरा प्रहार गरेर हत्या

एजेन्सी । आयरल्याण्डको न्यू रस, काउन्टी वेक्सफोर्डमा एक व्यक्तिलाई आफ्नी आठ वर्षीया छोरीको हत्या र श्रीमतिको हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ । 

ती आठ वर्षीया बालिका मलिका अल कात्तिब आइतबार राति  घरमा घाइते अवस्थामा भेटिएकी थिइन् । घटनामा उनकी आमा आइशा अल कात्तिब पनि घाइते भएकी छिन् । उनलाई अत्याधिक चोट लागेको अवस्थामा अस्पताल लगिएको थियो

मोहम्मद अल शेकर अल तामिमी नामका ती व्यक्तिले आफ्नी आठ बर्षीया छोरीको छुरा प्रहार गरेर हत्या र श्रीमतिको पनि हत्या प्रयास गरेको बारे भने कुनै जवाफ नदिएको जनाईएको छ । न्यायाधीशले उनको मानसिक अवस्था जाँच गर्न आदेश गरेका छन् । 
 

प्रतिक्रिया