उपराष्ट्रपति स्वागत समारोहमा सहभागी
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव थाइल्याण्ड अधिराज्यको राष्ट्रिय दिवसका अवसरमा आज बुधबार यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।त्यस अवसरमा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोनले थाइल्याण्ड–नेपाल कूटनीतिक सम्बन्धका ६५ वर्षमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनेको उल्लेख गर्दै नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा आफ्नो मुलुकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
थाइल्याण्ड र नेपालबीच सरकारीस्तरका साथै जनस्तरमा पनि सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले लुम्बिनीमा निर्मित थाई गुम्बाका माध्यमबाट यो सम्बन्ध अझ सुदृढ बनेको बताए । उनले थाइल्याण्डका राष्ट्रपिता भूमिबोल अदुल्यादेजले थाइल्याण्डको विकासका निम्ति गरेको योगदानको स्मरण गर्दै मौसुफले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताए ।समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी, कामको सिलसिलामा यहाँ रहेका थाई नागरिक, उद्यमी–व्यवसायी तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया