आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा. कोइराला

सप्तरी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन् । जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा आज राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले संविधानमा सुधार र समावेशी सहभागितालाई संस्थागत गर्न कांग्रेस अघि बढ्न आवश्यक रहेको बताए ।

उनले सुशासन र आर्थिक विकासका लागि दुई ठूला दलले गठबन्धन गरेको उल्लेख गरे । पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमा हुनुपर्नेमा समेत उनले जोड दिए । त्यसअवसरमा जय नेपाल फाउण्डेसनका केन्द्रीय अध्यक्ष बद्री आचार्य, मधेस प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता र कोशी प्रदेशका सुनसरी, मोरङलगायत जिल्लाका नेता जिल्ला अध्यक्षको समेत सहभागिता थियो । 

प्रतिक्रिया