३२ सिटले म्याजिक नम्बर भन्नेहरुको शासन अन्त्य गर्नुपर्छ : शङ्कर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरताका कारण देश बन्न नसकेको बताएका छन् ।
बिहीबार कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले चीन र भारतको उदाहरण दिँदै नेपालमा राजनीतिक अस्थिरता बढेकै कारण मुलुक समृद्ध बन्न नसकेको बताएका हुन् ।
‘अब नेपालमा धेरै राजनीतिक दल होइन, ३२ सिटले म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ’, महासचिव पोखरेलको भनाई छ ।
उनले बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिलाई डोर्याउन अग्रसर हुनुपर्ने भन्दै उनले देश बनाउन युवाहरू राजनीतिमा आउनुपर्ने पनि बताए ।
उनले एमाले सरकारमा रहँदा युवाहरूको विदेश पलायन घट्ने गरेको भन्दै अरू पार्टीले सरकारको नेतृत्व गर्दा युवा पलायन बढ्ने गरेको दाबी गरे ।
उनले कीर्तिपुरमा निराशा चिर्नकै लागि एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएकाले मानन्धरलाई निर्वाचित गर्न आग्रह गरे ।
प्रतिक्रिया