बिकल पौडेल र सफल श्रेष्ठलाइ ८ वर्ष कैदको फैसला
काठमाडौं । विशेष अदालतले राजस्व स्टिकर छपाइ भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
त्यसैगरी विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्षको कैद सजायको फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाको इजलासले दुबै जनालाई कैदका जरीवाना गर्ने पनि फैसला गरेको छ । अदालतले पौडेलले तीन करोड ४२ लाख जरिवाना तिर्नु पर्ने फैसला पनि सुनाएको छ । यस्तै श्रेष्ठले पनि त्यति नै बिगो र जरिवाना तिर्नु पर्ने फैसला अदालतले गरेको छ । विशेष अदालतले पौडेललाई गत १४ कार्तिकमा दोषी ठहर गरेर सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको थियो ।
अख्तियारले पौडेलसहित सहित १२ जना विरुद्ध ९ असारमा मुद्दा दायर गरेको थियो । यही मुद्दामा प्रतिवादी बनाइएका निवर्तमान मुख्यसचिव डा. बैकुण्ड अर्याल लगायतले भने सफाइ पाएका छन् ।
प्रतिक्रिया