४१ दिनपछि रवि लामिछानेलाई काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याइएको छ । रविलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ ।

भर्खरै उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट बाहिर निकाल्दा विमानस्थलको गेटबाहिर उनका समर्थकले नारावाजी गरिरहेका छन् । रविका समर्थकले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

लामिछानेलाई गत मंगबार काठमाडौं ल्याइने भनिएको थियो । तर, काठमाडौंका एसएसपी छुट्टीमा भएपछि उनलाई काठमाडौं नल्याइएको हो । भोलि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान हुने बताइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखिएको छ । उक्त सहकारीको रकम अपचलन बारे अनुसन्धानका लागी आज उनलाई काठमाडौं ल्याइएको हो ।

सहकारी ठगी तथा संगठित अपराधको कसुरमा सभापति लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । 

प्रतिक्रिया