इजरायल र हिजबुल्लाहको युद्ध बिराममा कसको जित,कसको हार ?

रामेश्वर सापकोटा

एजेन्सी । लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच नोभेम्बर २७ मा भएको युद्धविराम सम्झौताको मध्यपूर्वमा मात्रै होइन बिश्वभर चर्चा भइरहेको छ । 

मध्यपूर्वका संचार माध्यमहरुले त झन् यो युद्ध बिरामले कसको जित कसको हार ? भयो भनेर प्राथमिकताका साथ यसको  चर्चा  गरिरहेका छन् । 

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो । त्यसयता हमास र इजरायलबीचको युद्ध शुरु भयो  । हमासलाई लेवनानमा रहेको अर्को मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको थियो । हिजबुल्लाह निकै शक्तिशाली संगठन मानिन्छ ।  हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको छ ।

त्यसकारण इजरायलले हमास र हिजबुल्लाहलाई लक्षित गरेर गाजा र लेवनानमा आक्रमण जारी राखेको थियो। इजरायल र हिजबुल्लाहबीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको थियो ।जब इजरायलले अक्टोबर २०२३ मा गाजामा आक्रमण सुरु गर्यो, हिजबुल्लाहले लेबनान भित्रबाट इजरायलमा रकेट प्रहार गर्न थाल्यो। हिजबुल्लाहले हमासलाई खुलेर समर्थन गर्दै आएको थियो ।

इजरायलको अङ्ग्रेजी भाषाको अखबार हारेट्जले “हमास र हिजबुल्लाहबीचको सम्बन्ध तोड्नु इजरायलको विजय भएको उल्लेख गरेको छ ।उसले  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसका लागि आफूलाई पिठ्युँमा थाप मार्न सक्छन्।

नोभेम्बर २६ मा यो सम्झौताको घोषणा गर्दै नेतान्याहुले भनेका थिए, “लेबनानमा भएको यो सम्झौतापछि हमास एक्लो भएको छ।“ हिजबुल्लाह अब सम्पूर्ण मामिलाबाट हटाइएको छ र हमास यस युद्धमा एक्लै बाँकी छ। 

इजरायली संचार माध्यममा के भनिएको छ?

इजरायली सञ्चारमाध्यममा भनिएको छ कि हिजबुल्लाह अहिले कमजोर भएको छ र यसलाई बलियो बनाउन समय लाग्ने छ ।  इजरायलले मौका दिएपछि मात्र हिजबुल्लाहले बल प्राप्त गर्न सक्छ।
इजरायलको वाल्ला समाचार वेबसाइटले लेखेको छ, “यो हिजबुल्लाहको लागि रणनीतिक पराजय होइन, तर यो उत्तरी सिमानामा भएको युद्धमा इजरायलको जित हो।“ “हिजबुल्लाह नष्ट भएको छैन तर नाटकीय रूपमा कमजोर भएको छ।“

तर, लेबनानसँगको सिमानामा बसोबास गर्ने इजरायलीहरूले हिजबुल्लाहले बिस्तारै आफूलाई पुनर्स्थापित गर्ने बताउँछन्। लेबनानको सिमानामा रहेको इजरायली सहर किरियत शमोनाका मेयरले दक्षिणपन्थी अखबार इजराइल हायोममा एउटा स्तम्भ लेखेका छन्।

यस स्तम्भमा उनले लेखेका छन्, ‘यो युद्धविराम लागू हुनेमा मलाई शंका छ । इजरायली सेनाले दक्षिणी लेबनानमा बफर जोन बनाउनु पर्छ।

लेबनानको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने इजरायलीहरूले हिजबुल्लाहले दक्षिणी लेबनानका गाउँहरूमा पुनः जरा गाड्ने बताएका छन् । हिजबुल्लाहसँगको सम्झौतापछि गाजामा जारी युद्ध र इजरायली बन्धकलाई लिएर पनि प्रश्न उठिरहेको छ ।

लेबनानमा हिजबुल्लाहसँग के भयो, गाजामा किन त्यस्तै भएन?

त्यस्तै एक इजरायली अखबारका अनुसार इजरायली प्रधानमन्त्री नेतान्याहुले गाजाको सट्टा लेबनानलाई प्राथमिकता दिइरहेका छन्। “उनले हमास भन्दा हिजबुल्लाहलाई प्राथमिकता दिइरहेका छन्, र उनले बन्धकहरूको रिहाईमा आफ्नो शक्तिलाई प्राथमिकता दिइरहेका छन्। नेतन्याहुले हमासको एक्लोपनको फाइदा उठाएर गाजामा पनि त्यस्तै सम्झौता गर्नुपर्छ ताकि बन्धकहरूलाई मुक्त गर्न सकियोस् भनेर लेखिएको छ ।

अर्कोतर्फ, हिजबुल्लाह समर्थित संचार माध्यमले यो सम्झौतालाई विजयको रूपमा प्रस्तुत गरेका छन्।

“यो लेबनानको जित हो,“ अल–मनारको वेबसाइटमा प्रकाशित रिपोर्टमा भनिएको छ। इजरायली सेनाले ठूलो क्षति बेहोरेको छ। दक्षिणी लेबनानको रणनीतिक रूपमा महत्वपूर्ण सहर खियाममा इजरायली कब्जा असफल भएको छ ।
इजरायलका प्रधानमन्त्री  नेतान्याहुले आफ्नो भाषणमा युद्धविरामको घोषणा गरेका थिए । यसले इजरायली सेना कत्तिको लाचार भएको देखाउँछ। इजरायली सेनाले युद्धको मैदानमा विजय हासिल गर्न नसक्ने महसुस गर्न थाल्यो भनेर हिजबुल्लाह समर्थित संचार माध्यमले भनेका छन् । 

इरानको कमजोरी ?

हिजबुल्लाह समर्थित अल–अखबर दैनिकले युद्ध बिरामले  अटल विजय भएको भनेर उल्लेख गरेको छ । 
यसमा भनिएको छ, “हाम्रो शत्रुले सक्दो गरे। यो द्वन्द्व सन् २००६ को युद्ध जस्तै समाप्त भयो, जुन संयुक्त राष्ट्र संघको प्रस्ताव १७०१ मा समाप्त भयो र सबै समान प्रावधानहरू थिए।

हिजबुल्लाहको वेबसाइट अल–अहेदले लेखेको छ, “युद्धविराम तब लागू भयो जब दुश्मनले कठिनाइहरूको सामना गर्न थालेको थियो।“ इजरायलले यहाँ प्रतिरोध अनुभव गरेको हुनुपर्छ। हिजबुल्लाहले पाठ सिकाएको छ। इजरायलले हासिल गर्न चाहेको लक्ष्य हासिल गर्न सकेन, तर हामीले जितेका छौं। इजरायलको कमजोरी र क्रूरता दुवै उजागर भएको छ।

इरानको अंग्रेजी अखबार तेहरान टाइम्सले हिजबुल्लाह प्रमुख सैयद हसन नसरल्लाहका छोरा सैयद मोहम्मद मेहदीको भिडियो शेयर गरेको छ । मेहदीले युद्धविरामलाई हिजबुल्लाहको विजय भनेका छन्।
युद्धविरामको बारेमा मेहदीले भने, “यो हाम्रो साहस र समर्पणको जीत हो।“ तिनीहरूले हाम्रा घरहरू भत्काएर धेरै मानिसहरू मारे तर अन्ततः हामीले जित्यौं।

उही समयमा, धेरैले यो युद्धविराम सम्झौतालाई इरानको कमजोरीसँग जोडिरहेका छन्। कतिपय बिश्लेषकहरुले यो सम्झौताले हिजबुल्लाहलाई सहयोग गर्दे आइरहेको इरान अब युद्ध सामना गर्ने मुडमा नभएको तर रक्षात्मक बनेको देखाएको विश्वास गरेका छन्। बिश्लेषकहरुले अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पको आगमनपछि इरान अब रक्षात्मक बनेको छ । इरान आफैले हिजबुल्लाहलाई युद्धविराम तर्फ अघि बढ्न आग्रह गरेको हुनुपर्ने उनीहरुको भनाई छ ।

 यसअघि हिजबुल्लाहको अडान थियो कि इजरायलले गाजामा आक्रमण बन्द गरे मात्र युद्धविरामको कुरा गर्न सकिन्छ भन्ने । तर अहिले घटनाहरु द्रुत रूपमा परिवर्तन हुँदैछन्। इरान पनि ट्रम्पले सत्ता सम्हाल्नु अघि हिजबुल्लाहलाई अलग राख्न चाहन्छ ।  इरान अहिले ट्रम्पसँग भिड्न चाहँदैन्। यस्तो अवस्थामा इरानले युरोपसँगको सम्बन्ध सुधार्नका लागि युद्धविराम अगाडि बढाएको बिश्लेषण छ ।उता अमेरिका इरानमा सरकार परिवर्तन गरी आणविक कार्यक्रम रोक्न चाहन्छ ।

तर इरान अझै पनि ट्रम्पलाई उक्साउन र त्यसो गर्नबाट रोक्न चाहन्छ।  ‘अहिले रुस युक्रेनसँग युद्धमा जुटेको छ । रसिया पनि पश्चिमी प्रतिबन्धका कारण आर्थिक रूपमा कमजोर भएको छ । इरानमा चीनको अर्बौं डलरको लगानी छ । इरानले न रुसबाट सहयोग लिने छ न त चीन इरान कुनै युद्धमा फसेको हेर्न चाहन्छ । चीनले पनि कसैलाई सैन्य सहयोग गर्दैन। यस्तो अवस्थामा इरानसँग ट्रम्पलाई लिएर सतर्क हुनुको विकल्प छैन ।
 

प्रतिक्रिया