बाँकेको बाल सुधार गृहलाई समायानुकूल सुधार गर्न सुझाव
नेपालगञ्ज । बारम्बार बाँकेको बाल सुधारगृह बाट बालबिजाइँ कर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधार सम्बन्धी कानूनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ ।
सुरक्षा समितिको बुधबारको बैठकले उमेर पुगेका बालबिजाइँ कर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएकोे बैठकले कात्तिक २६ गते तीन बालबिजाइँ कर्ता भागेको घटनामा सुरक्षामा कमजोरी पाइएको भन्दै विभागीय कारबाहीको सिफारिस गर्ने निर्णय गरेको छ ।
उनले बाल सुधार गृहमा सादा पोसाकमा प्रहरी सुरक्षामा खटिने र हतियार सहित बस्न नपाउने लगायत प्रावधानले सुरक्षाकर्मी अप्ठेरोमा परेको बताए ।
यसैबीच, बाल सुधार गृह बाट १२ बालबिजाइँ कर्ता भागेकामा नौजना फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि भागेका पनि तीन जना अझै फेला परेका छैनन् ।
रासस
प्रतिक्रिया