भक्तपुरमा सवारी दुर्घटनाः १ जनाको मृत्यु, १ जनाको अवस्था गम्भीर

भक्तपुर । मध्यपुर ठिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज (बिहीबार) बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

यहाँ बाट काठमाडौं तर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ । 

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।
रासस 

प्रतिक्रिया