लीलाबल्लभ अधिकारीलाई रिहा गरेपछि माओवादीको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रले जापान प्रकरणमा मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई हिरासतमुक्त गरेको भन्दै आपत्ति जनाएको छ । 

बुधबार बसेको माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका व्यक्तिलाई उन्मुक्ति दिने काम गरेको भन्दै आपत्ति जनाएको हो ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले मानव तस्करी आरोप लागेका अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको उनले बताए ।

प्रतिक्रिया