नेत्रहीन क्रिकेट टी–२० विश्वकप आज शनिबारदेखि पाकिस्तानमा शुरू

काठमाडौं । नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि पाकिस्तान शुरू भएको छ । उदघाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिका तथा अर्को खेलमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग खेलिरहेको छ । चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरु लाहोर र मुल्तानमा हुने छन् ।

नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २४ तारिखमा बङ्गलादेशसँग, तेस्रो खेलमा अफगानिस्तानसँग नोभेम्बर २५ तारिखमा, चौथो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर २६ तारिखमा तथा पाँचौँ खेल नोभेम्बर २७ तारिखमा पाकिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सहभागी छन् । लिग चरणमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल डिसेम्बर ३ तारिखमा मुल्तानमा हुने छ । 

प्रतिक्रिया