हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ । 

डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डी.पी.आर.) गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ । 

डी.पी.आर. गर्न संस्थानको कन्सल्टेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतम र सिनामंगल स्थित हवाई इन्धन डिपो प्रमुख प्रदीप यादव बीच बुधबार द्विपक्षीय सम्झौता भएको हो । सम्झौता सँगै अति जोखिममा रहेको डिपो स्थानान्तरण प्रारम्भ भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको विशेष निर्देशन र निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको नेतृत्वमा नयाँ ठाउँमा डिपो स्थानान्तरणको काम शुुरु भएको हो ।

प्रतिक्रिया