हवाई भाडादर २४ घण्टाभित्र उपलब्ध गराउन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौंं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।
अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर हवाई भाडावृद्धि नियन्त्रणबारे वायु सेवा कम्पनीलाई उच्चतम मूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन् ।
यसअघि हवाई सेवा कम्पनीले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमती गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गरे ।
उनले नागरिकले हवाई भाडाबृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउदै २४ घण्टाभित्र बिक्रि गरेको टिकटको मूल्य बिहिबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए । पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडाबृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पनि पारेका छन् ।
छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो । छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिको उपस्थिति थियो ।
प्रतिक्रिया