अर्घाखाँचीमा मामाले गरे भाञ्जाको हत्या

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा मामाले भाञ्जाको हत्या गरेको खुलेको छ । 

शितगंगा ६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहाले आफ्नै सहोदर भाञ्जा ३५ वर्षीय तिलक रेश्मीको हत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको हो । गाहा भिरपाखोमा शरिरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा मृत फेला परेपछि प्रहरीले गरेको अनुसन्धानमा हत्या भएको खुलेको हो ।

सोमबार साझ दुबै जनाले मादक पदार्थ सेवन गरेपछि भएको विवादमा मामा झन्द्रबहादुरले भाञ्जाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । अभियुक्त गाहालाइ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

हत्या आरोपी माथि पाँच दिन म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया