जिम्मेवार सञ्चारमाध्यले फेक न्यूजलाई रोक्नुपर्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्रह गरेका छन् ।

नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्यूजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरुले भूमिका खेल्नुपर्ने बताएका हुन् ।

‘आफ्नो पेशाबाट तपाईंहरुले नेपालका समाजलाई फेक न्यूजबाट  होइन की सत्य समाचारबाट सूचित गर्नुस् । फेक न्यूजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’,उनले भने ।

त्यस्तै, अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको उनको भनाई थियो ।

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्यो सँगै जिम्मेवारी पनि विर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया