भारतको राजधानी दिल्लीमा प्रदुषण

 दिल्ली  । भारतको राजधानी दिल्लीका धेरै क्षेत्रहरूमा वायुको गुणस्तर खराब अवस्थामा पुगेको छ । प्रदूषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार प्रदूषित शहरको सूचीमा आज दिल्ली पहिलो स्थानमा परेको हो ।

प्रदूषणको अवस्थालाई ध्यानमा राख्दै दिपावलीअघि नै दिल्ली सरकारले पटाकामाथि प्रतिबन्ध लगाएको थियो । दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकांक २ सय ५० भन्दा माथि देखिएको हो ।

एक्युआई ५० देखि एक सयसम्मलाई औसत र त्यसभन्दा माथिको स्तरले अस्वस्थकर वातावरणलाई जनाउँछ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ । सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा पाकिस्तानको लाहौर र तेस्रोमा इराकको बगदाद तेस्रोमा छ । बंगलादेशको ढाका चौथो स्थानमा रहँदा नेपालको राजधानी काठमाडौं भने २५ औं स्थानमा छ ।

प्रतिक्रिया