प्रचण्डलाई ओलीको जवाफ: हतियार बिसाउन लगाउन हामीले जानेका छौँ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हतियार बिसाउन लगाउन जानेको जवाफ फर्काएका छन् । गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् ।  

शनिबार खबरदारीसभामा प्रचण्डले हतियार चलाउन नर्बिसिएको टिप्पणी गरेका थिए । सोही टिप्पणीमा ओलीले आइतबार  जवाफ फर्काउदै “हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै थिए– हतियार बिसाएको मात्रै हो, भ्रम नरहोस् । चलाउन बिर्सेको छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने,” ओलीले भने, “चलाउन त चलाउँदैनौँ । हतियार कसरी बिसाउन लगाउनुपर्छ हामीले जानेका छौँ ।” 
 

प्रतिक्रिया