३ महिनामा २ करोड ७९ लाख राजस्व सङ्कलन

बागमती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१र८२ को ३ महिनामा ३५ हजार ८५ सवारीसाधनका चालक बाट २ करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगन बाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउन देखि असोज सम्ममा उक्त रकम सङ्कलन गरेको चितवन स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका ३ सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए । 
रासस 

प्रतिक्रिया